Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Job 32

1   अय्‍यूबको वक्तव्‍यको समाप्‍त भयो। तब ती तीन जना मानिसहरूले अय्‍यूबलाई जवाफ दिन छोड़े, किनभने तिनले आफूलाई निर्दोष नै छु भनी सम्‍झे।

2   तर रामको सन्‍तानको बुजी बारकेलका छोरा एलीहूलाई रीस उठ्यो। किनभने अय्‍यूबले आफूलाई परमेश्‍वरभन्‍दा पनि धेरै धर्मी तुल्‍याए।

3   ती तीन जना मित्रहरूसँग पनि तिनी रिसाए। किनभने अय्‍यूबलाई जवाफ दिन तिनीहरूसित केही जवाफै रहेन। यद्यपि तिनीहरूले तिनलाई दोषी ठहराए।

4   उनीहरू अय्‍यूबसँग कुरा गरुञ्‍जेल एलीहूचाहिँ चूप लागी बसेका थिए, किनकि उनीहरू तिनीभन्‍दा उमेरमा पाको थिए।

5    तर ती तीन जनासँग अय्‍यूबलाई फर्काउन जवाफ केही नभएको देखेर तिनले आफ्‍नो रीस थाम्‍न सकेनन्‌।

6   तब बुजी बारकेलका छोरा एलीहूले भन्‍न सुरु गरे: “म त उमेरमा सानै छु, अनि तपाईंहरू पाको हुनुहुन्‍छ। यसैकारण तपाईंको सामुन्‍ने मेरो ज्ञान देखाउन चाहिनँ र चूप लागी बसेको थिएँ।

7   मैले यस्‍तो विचार गरें, ‘उमेरले बोल्‍नुपर्छ, र उमेर ढल्‍केकाहरूले आफ्‍ना बुद्धि प्रकट गर्नुपर्छ’।

8   तर मानिसमा त परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ, र सर्वशक्तिमान्‌को सास, जसले त्‍यसलाई समझशक्ति दिन्‍छ।

9   बूढ़ाहरू मात्रै ता बुद्धिमानी हुँदैनन्‌, अथवा जे ठीक छ सो बुझ्‍ने पाकाहरू मात्र हुँदैनन्‌।

10  “यसैकारण म भन्‍दछु: मेरो कुरा सुन्‍नुहोस्‌। मैले जे जानेको छु सो भन्‍नेछु

11  हेर्नुहोस्‌, म त तपाईंहरूका कुरा सुन्‍दैथिएँ, तपाईंहरूले शब्‍दहरू खोज्‍नुहुँदा तपाईंहरूका विचारको अन्‍त के हुन्‍छ भनी, म ता ध्‍यानसित सुनिरहेको थिएँ।

12  तपाईंहरूको विचारको अन्‍त के हुन्‍छ भनी मैले पूर्ण ध्‍यान दिएको थिएँ। तर तपाईंहरूमध्‍ये कसैले पनि अय्‍यूबलाई खण्‍डन गर्नुभएन, न त तिनको बहसको जवाफै दिनुभयो।

13  यसो नभन्‍नुहोस्‌, ‘हामीले बुद्धि पाएका छौं, मानिसले होइन परमेश्‍वरले नै तिनको खण्‍डन गरून्‌’।

14  तर अय्‍यूबले मेरो विरुद्धमा बोलेका छैनन्‌, तपाईंहरूजस्‍तै म तिनलाई जवाफ दिनेछैनँ।

15  “तिनीहरू हैरान भएका छन्‌, र भन्‍नलाई केही बाँकी छैन।

16  के तिनीहरू बोल्‍दैनन्‌ भनेर मैले पर्खिबस्‍ने र? किनभने तिनीहरू त्‍यहाँ उभिबस्‍छन्‌, र फेरि जवाफै दिँदैनन्‌।

17  होइन, अब म मेरै जवाफ दिनेछु, र म जे जान्‍दछु,म तपाईंहरूलाई भन्‍नेछु।

18  किनभने मेरो मुखभरि जवाफ आएको छ, मेरो मनमा कुरा भरिएको छ।

19  मद्यले जस्‍तै मेरो पेट फुलेको छ, दाखरसको नयाँ थैलीझैँ पूरा फुलेको छ।

20  शान्‍ति पाउनलाई मैले बोल्‍नैपर्छ, मैले मेरो मुख खोलेर जवाफ दिनैपर्छ।

21  म कसैको पक्ष लिनेछैनँ, म कुनै मानिसलाई सर्काउनेछैनँ।

22  किनकि म चाप्‍लुसी गर्न जान्‍ने भए, मेरा सृष्‍टिकर्ताले मलाई चाँड़ै उठाइलैजानुहुने थियो।”


Job 31    Choose Book & Chapter    Job 33

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.