Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Job 40

1   फेरि परमप्रभुले अय्‍यूबलाई भन्‍नुभयो:

2   “सर्वशक्तिमान्‌सँग वाद-विवाद गर्नेले उहाँलाई सच्‍याउन सक्‍छ र? परमेश्‍वरलाई दोष दिनेले उहाँलाई उत्तर दिओस्‌।”

3   तब अय्‍यूबले परमप्रभुलाई यसो भनेर जवाफ दिए:

4   “म जाबोले तपाईंलाई के जवाफ दिन सक्‍छु र? म मेरो हात मेरो मुखमा राख्‍दछु।

5   मैले एक पल्‍ट बोलिहालें, तर मसँग जवाफ छैनँ, मैले दुई पल्‍ट बोलें, तर अब अरू बोल्‍ने छैन।” परमेश्‍वरले आफ्‍नो शक्ति प्रकट गर्नुभएको

6   तब परमप्रभुले आँधीबेहरीबाट अय्‍यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो:

7   “कम्‍मर कस्‌, र मर्दझैँ खड़ा हो, म तँलाई प्रश्‍नहरू सोध्‍नेछु, र तैंले तिनको जवाफ दे।

8   “म धर्मी छु भन्‍ने कुरालाई के तँ अस्‍वीकार गर्न साहस गर्दछस्‌? र तँ आफू ठीक हुनलाई मलाई गलत सम्‍झन्‍छस्‌?

9   के तेरो पाखुरा परमेश्‍वरको पाखुराजस्‍तै छ? के उहाँको सोरजस्‍तै तँ गर्जन सक्‍छस्‌?

10  यदि सक्‍छस्‌ भने, महिमा र मर्यादाले तैंले आफूलाई आभूषित गर्‌, रवाफ र गौरवले आफैलाई सिङ्गार।

11  तेरो रीसको झोँक पोखा, अहङ्कारी मानिसलाई हेरेर त्‍यसलाई विनम्र तुल्‍या।

12  हरेक अहङ्कारी मानिसलाई हेरेर त्‍यसलाई होच्‍या, तिनीहरू खड़ा भएकै ठाउँमा दुष्‍ट मानिसहरूलाई कुल्‍चिदे।

13  तिनीहरूलाई एकै साथ धूलोमा लुका, र तिनीहरूलाई चिहानमा कात्रोसहित गाड़िदे।

14  तब तेरो दाहिने हातले तँलाई बचाउन सक्‍दोरहेछ भनी, म पनि स्‍वीकार गर्नेछु।

15  “मैले तँसँगै बनाएको बहेमोथलाई* विचार गर्‌, जसले गाईबस्‍तुहरूले झैँ घाँस निल्‍छ।

16  त्‍यसको कम्‍मर कस्‍तो बलियो हुन्‍छ! त्‍यसको पेटको मांसपेशीमा कस्‍तो शक्ति हुन्‍छ!

17  त्‍यसको पुच्‍छर देवदारुको रूखझैँ कड़ा हुन्‍छ, त्‍यसका तिघ्राका नसाहरू खूब कसिएका हुन्‍छन्‌।

18  त्‍यसका हड्डीहरू काँसाका नलीहरूजस्‍तै हुन्‍छन्‌, र त्‍यसका हात-खुट्टाहरू फलामका आग्‍लाजस्‍तै हुन्‍छन्‌।

19  परमेश्‍वरको कार्यहरूमा त्‍यो सबैभन्‍दा मुख्‍य छ, यद्यपि त्‍यसका सृष्‍टिकर्ता आफ्‍नो तरवार लिएर त्‍यसको नजिक जान सक्‍छन्‌।

20  डाँड़ाहरूले आफ्‍ना उत्‍पादन त्‍यसकहाँ ल्‍याउँछन्‌ र सबै जङ्गली जनावरहरू त्‍यसका वरिपरि खेल्‍छन्‌।

21  त्‍यो कमलको बोटमुनि बस्‍छ, काँसघारी र सिमसारहरूमा त्‍यो लुकिरहन्‍छ।

22  कमलले त्‍यसलाई आफ्‍ना छायामुनि लुकाइराख्‍छ, खोलाका लहरे-पीपलहरूले त्‍यसलाई घेरिराख्‍छन्‌।

23  नदी उर्लेर आयो भने पनि त्‍यो डराउँदैन, समुद्रमा भल बढ़ेर आयो भने पनि त्‍यो लमतन्‍न पस्रिरहन्‍छ।

24  के कुनै मानिसले त्‍यसका आँखाद्वारा त्‍यसलाई पक्रन सक्‍छ? अथवा पासो थापेर त्‍यसको नाक छेड्‌न सक्‍छ?”


Job 39    Choose Book & Chapter    Job 41

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.