Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Psalms 112

1   परमप्रभुको प्रशंसा गर। त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुको भय मान्‍दछ, र उहाँका आज्ञाहरूमा ज्‍यादै प्रसन्‍न हुन्‍छ।

2   त्‍यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्‍ताले आशिष्‌ पाउनेछ।

3   त्‍यसको घरमा धन-सम्‍पत्ति रहन्‍छ, र त्‍यसको धार्मिकता सदा रहिरहन्‍छ।

4   सोझा मानिसहरूका निम्‍ति, र साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्‍ति अन्‍धकारमा पनि ज्‍योति उदय हुन्‍छ।

5   उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्‍नो कारोबार चलाउने मान्‍छेको भलो हुन्‍छ।

6   धर्मी जन कहिले पनि डगमगाउँदैन, त्‍यसको सम्‍झना सदासर्वदा रहनेछ।

7   अशुभ समाचारले त्‍यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्‍यसको हृदय स्‍थिर रहन्‍छ।

8   त्‍यसको हृदय सुरक्षित रहन्‍छ, र त्‍यो डराउनेछैन। अन्‍त्‍यमा त्‍यसले आफ्‍ना शत्रुहरूलाई विजयमा हेर्नेछ।

9   त्‍यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ, त्‍यसको धार्मिकता सधैँभरि दिगो रहन्‍छ, सम्‍मानपूर्वक त्‍यसको शिर उच्‍च राखिनेछ।

10  दुष्‍ट मानिस यो देखेर कुँड़िन्‍छ, त्‍यसले दाह्रा किट्‌नेछ, अनि नष्‍ट हुनेछ। दुष्‍ट मानिसको अभिलाषा निष्‍फल हुन्‍छ।


Psalms 111    Choose Book & Chapter    Psalms 113

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.