Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Psalms 132

1   हे परमप्रभु, दाऊदलाई स्‍मरण गर्नुहोस्‌, अनि तिनले भोगेका सबै विपत्तिहरू सम्‍झनुहोस्‌।

2   तिनले परमप्रभुको नाउँमा शपथ खाए, र याकूबका सर्वशक्तिमान्‌को नाउँमा भाकल गरे,

3   “म तबसम्‍म आफ्‍नो घरभित्र प्रवेश गर्नेछैनँ, न ओछ्यानमा लेट्‌न जानेछु!

4   मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्‍ना पलकहरूलाई झिमिक्‍क पनि हुन दिनेछैनँ,

5   जबसम्‍म परमप्रभुको निम्‍ति एउटा स्‍थान, याकूबका सर्वशक्तिमान्‌को निम्‍ति एउटा निवासस्‍थान म भेट्टाउँदिनँ।”

6   एप्रातामा हामीले त्‍यसको विषयमा सुन्‍यौं, हामीले याआरको मैदानमा त्‍यो भेट्टायौं:

7   “हामी उहाँको वासस्‍थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं।

8   हे परमप्रभु, उठ्‌नुहोस्‌, तपाईं र तपाईंका शक्तिको सन्‍दूकसहित, र तपाईंको विश्रामस्‍थानमा आउनुहोस्‌।

9   तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्‍त्र धारण गरून्‌, र तपाईंका पवित्र जनहरू आनन्‍दले जयजयकार गरून्‌।”

10  तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्‍कार नगर्नुहोस्‌।

11  परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ हाल्‍नुभयो, जसबाट उहाँ तर्किनुहुन्‍न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्‍ये एक जनालाई बसाल्‍नेछु।

12  यदि तेरा छोराहरूले मेरो करार, र मैले तिनीहरूलाई सिकाएका मेरा कानूनहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदाको निम्‍ति तेरो सिंहासनमा बस्‍नेछन्‌।”

13  किनभने परमप्रभुले सियोनलाई छान्‍नुभएको छ, उहाँले त्‍यसलाई आफ्‍नो निवासको निम्‍ति चाहनुभएको छ।

14  “यो सदाकालको निम्‍ति मेरो विश्रामस्‍थान हो, म यहाँ सिंहासनमा बस्‍नेछु, किनकि मैले यही चाहेको छु।

15  म यसको अन्‍नपानीमा प्रशस्‍त आशीर्वाद दिनेछु, र यसका गरीबहरूलाई म रोटीले तृप्‍त गराउनेछु।

16  यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्‍त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्‍दले सधैँ जयजयकार गर्नेछन्‌।

17  “यहाँ म दाऊदको निम्‍ति एउटा सीङ उत्‍पन्‍न गर्नेछु, र मेरो अभिषिक्तको निम्‍ति एउटा बत्ती तयार गर्नेछु।

18  म त्‍यसका शत्रुहरूलाई शर्मको वस्‍त्र पहिराउनेछु, तर त्‍यसका शिरको मुकुट प्रकाशमय हुनेछ।”


Psalms 131    Choose Book & Chapter    Psalms 133

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.