Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Proverbs 4

1   हे मेरा छोराहरू हो, आफ्‍नो बाबुको अर्ती सुन, यसमा ध्‍यान देओ र समझशक्ति प्राप्‍त गर।

2   किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्‍छु, यसैकारण मेरो अर्तीलाई नत्‍याग।

3   जब म आफ्‍ना बाबुको घरमा एक ठिटो थिएँ, कलिलै अवस्‍थाको, र मेरी आमाको एकमात्र छोरो,

4   उहाँले मलाई शिक्षा दिनुभयो र भन्‍नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्‌, मेरा आज्ञाहरू पालन गर्‌ र तँ जिउनेछस्‌।

5   बुद्धि प्राप्‍त गर्‌, समझशक्ति प्राप्‍त गर्‌, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा।

6   बुद्धिलाई नत्‍याग्‌, र त्‍यसले तँलाई सुरक्षित राख्‍नेछ। त्‍यसलाई प्रेम गर्‌, र त्‍यसले तँमाथि हेरचाह गर्नेछ।

7   बुद्धि अति श्रेष्‍ठ हो, त्‍यसैले बुद्धि प्राप्‍त गर्‌। तँसँग भएका सबै कुराले मूल्‍य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्‍त गर्‌।

8   त्‍यसलाई कदर गर्‌, र त्‍यसले तँलाई उच्‍च पार्नेछ। त्‍यसलाई अँगाल्‌, र त्‍यसले तँलाई आदर दिनेछ।

9   त्‍यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ र महिमाको शिरपेच प्रदान गर्नेछ।”

10  सुन्‌, हे मेरो छोरो, मैले भनेका कुरा ग्रहण गर्‌, र तेरो जीवन दीर्घायु हुनेछ।

11  म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्‍याउँछु।

12  तँ हिँड्‌दा, तेरा पाइलाहरू अड्‌किनेछैनन्‌, तँ दगुर्दा लरबरिनेछैनस्‌।

13  अर्तीलाई समातिराख्‌, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्‌, किनभने त्‍यो तेरो जीवन हो।

14  दुष्‍टको मार्गमा खुट्टा नहाल्‌ अथवा दुष्‍ट मानिसको चालमा नहिँड्‌।

15  त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्‌, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌।

16  किनभने दुष्‍टहरू खराब काम नगरुञ्‍जेल सुत्‍न सक्‍दैनन्‌, कसैको पतन नगरुञ्‍जेल तिनीहरूलाई निद्रै लाग्‍दैन।

17  दुष्‍टता तिनीहरूको खानेकुरा र उपद्रव तिनीहरूको पिउने पदार्थ हो।

18  धर्मीको चाल प्रभातको प्रथम चमकजस्‍तै हो, त्‍यो मध्‍यदिन नहोउञ्‍जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्‍छ।

19  तर दुष्‍टको चालचाहिँ घोर अन्‍धकारजस्‍तो हो, केले आफ्‍नो पतन हुँदैछ सो तिनीहरू जान्‍दैनन्‌।

20  हे मेरो छोरो, मेरो कुरामा ध्‍यान दे, मेरा वचनहरू राम्ररी सुन्‌।

21  ती तेरो नजरबाट उम्‍केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्‌।

22  किनभने मेरो वचन पाउनेको निम्‍ति त्‍यो जीवन हो, र त्‍यसको सारा शरीरको निम्‍ति स्‍वास्‍थ्‍य हो।

23  सबै कुराभन्‍दा बड़ी, आफ्‍नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्‍यो सारा जीवनको मूल हो।

24  कुवाक्‍य तेरो मुखबाट परै रहोस्‌, भ्रष्‍ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्‌।

25  तेरो आँखाले तेरो अगि सीधा हेरोस्‌, तेरो अगिल्‍तिर सोझै एक टक लाएर हेरोस्‌।

26  तैंले पाइला चाल्‍नलाई नैतिकताको मार्ग तयार गर्‌। र ती मार्गहरू मात्रै रोज्‌ जुन निश्‍चित छन्‌।

27  दाहिने देब्रेतिर नलाग्‌, सबै दुष्‍ट कुराबाट आफ्‍ना खुट्टा अलग राख्‌।


Proverbs 3    Choose Book & Chapter    Proverbs 5

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.