Free Christian classic ebooks for you to download from the Jesus Fellowship:
Browse books now

Jesus Fellowship Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Isaiah 15

1   मोआबको विषयमा ईश्‍वरवाणी: एकै रातमा मोआबको आर सहर उजाड़ र नष्‍ट पारियो! एक रातमा मोआबको कीर सहर उजाड़ र नष्‍ट भयो।

2   दीबोन रुनलाई अल्‍गा ठाउँहरूमा त्‍यसको मन्‍दिरमा उक्‍लियो। नेबो र मेदबाका निम्‍ति मोआब डाँको छोड़ी-छोड़ी रुन्‍छ। हरेक कपाल मुड़ाएको छ, र हरेक दाह्री खौरिएको छ।

3   तिनीहरू सड़कमा भाङ्‌ग्रा लाएर बस्‍छन्‌। उनीहरू सबै घरका कौसीहरू र चोकमा बेसरी विलाप गर्दै रुँदै लम्‍पसार पर्छन्‌।

4   हेश्‍बोन र एला चिच्‍च्‍याएर रुन्‍छन्‌। उनीहरूको सोर यहसासम्‍मै सुनिन्‍छ। यसैकारण मोआबका हतियार भिरेका मानिसहरू चर्को सोरले रुन्‍छन्‌ र उनीहरूका हृदय व्‍याकुल भएका छन्‌।

5   मेरो मन मोआबको निम्‍ति रुन्‍छ। त्‍यसका शरणार्थीहरू सोअरसम्‍म र एग्‍लत-शलीशियाहसम्‍मै भागेर जान्‍छन्‌। लूहीतको उकालो बाटोमा उनीहरू रुँदै-रुँदै उक्‍लन्‍छन्‌। होरोनैमको बाटोमा उनीहरू आफ्‍नो विनाशको विलाप गर्छन्‌।

6   निम्रीमको पानी सुक्‍यो, र घाँस ओइलायो। वनस्‍पति स्‍वाहा भयो। हरियो भन्‍ने केही छैन।

7   यसैकारण उनीहरूले प्राप्‍त गरेका धन-सम्‍पत्ति र तिनीहरूले थुपारेका धन लहरे-पीपलका घारीको खोला पारि उनीहरूले लान्‍छन्‌।

8   उनीहरूका रुवाइको प्रतिध्‍वनि मोआबको सिमानातिर पुगेको छ, उनीहरूका विलापको सोर एग्‍लैमसम्‍म र उनीहरूको शोक बेअर-एलीमसम्‍मै पुगेको छ।

9   दीबोनको पानी रगतले भरिएको छ, तर म दीबोनमाथि अझ बढ़ी ल्‍याउनेछु। मोआबका शरणार्थीहरू र देशका बचेकाहरूमाथि म एउटा सिंह ल्‍याउनेछु।


Isaiah 14    Choose Book & Chapter    Isaiah 16

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2019. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship