Free Christian classic ebooks for you to download from the Jesus Fellowship:
Browse books now

Jesus Fellowship Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Isaiah 17

1   दमस्‍कसको विषयमा ईश्‍वरवाणी: “हेर, दमस्‍कस अब सहरजस्‍तो रहनेछैन। त्‍यो भग्‍नावशेषको थुप्रो हुनेछ।

2   अरोएरका सहरहरू त्‍यागिनेछन्‌, र ती भेड़ाका बगालका निम्‍ति हुनेछन्‌, जुनहरू लेट्‌नेछन्‌, र तिनीहरूलाई कसैले तर्साउनेछैन।

3   एफ्राइमको किल्‍लाले घेरिएको सहर र दमस्‍कसको राजसी शक्ति लोप हुनेछ। अरामको बाँचेको भागचाहिँ इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

4   “त्‍यो दिन याकूबको गौरव लोप हुनेछ, र त्‍यसको शरीरको बोसो घटेर जानेछ।

5   यो कटनी गर्नेले पाकेको अन्‍न बटुलेझैँ, र आफ्‍नो पाखुराले फसलको अन्‍न काटेझैँ, रपाईहरूको बेँसीमा एउटा मानिसले शिला-बाला टिपेझैँ हुनेछ।

6   तापनि जैतून झारेपछि अलि-अलि फलहरू रहेझैँ, त्‍यसमा केही शिला रहनेछ– माथिल्‍लो हाँगाको टुप्‍पामा दुई-तीन वटा फलहरू र फलदायक हाँगाहरूमा चार-पाँच वटा जैतूनका फल रहेझैँ,” परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ।

7   त्‍यस दिन मानिसहरूले आफ्‍ना सृष्‍टिकर्तातिर हेर्नेछन्‌, र तिनीहरूका आँखा इस्राएलका परमपवित्रतिर लागिरहनेछन्‌।

8   तिनीहरूले आफ्‍ना हातले बनाएका वेदीतिर हेर्नेछैनन्‌, न त तिनीहरूले आफ्‍ना औँलाले बनाएका वेदीहरू र अशेरा देवीका खम्‍बाहरूलाई आदर गर्नेछन्‌।

9   त्‍यस दिन इस्राएलीहरूको कारणले तिनीहरूले त्‍यागेका शक्तिशाली सहरहरू झाड़ीहरू र बूटाबूटीझैँ हुनेछन्‌। सबै उजाड़ हुनेछन्‌।

10  तैंले तेरो उद्धार गर्ने परमेश्‍वरलाई बिर्सेको छस्‌, र चट्टान, अर्थात्‌ तेरो किल्‍लालाई तैंले सम्‍झिनस्‌। यसैकारण, यद्यपि तैंले अति सुन्‍दर बोटहरू रोपिस्‌ र विदेशबाट ल्‍याएका दाखका बोटहरू लगाइस्‌,

11  र ती रोपेको दिन तैंले ती बढ्‌न पनि लगाउँछस्‌, र बिहानसम्‍म तेरा बिरुवालाई कोपिला लाग्‍ने बनाउँछस्‌, तापनि रोगको दिन र निको नहुने पीडाको दिनमा फसल शून्‍य हुनेछ।

12  अहो! धेरै जाति-जातिका खैलाबैला– तिनीहरू समुद्रको गर्जनझैँ गर्जन्‍छन्‌। अहो! जाति-जातिहरूको हल्‍ला– ठूला-ठूला पानीहरू गर्जेझैँ तिनीहरू गर्जन्‍छन्‌।

13  यद्यपि हुर्रिएर आएको पानीको गर्जनझैँ जाति-जातिहरू गर्जन्‍छन्‌, जब उहाँले तिनीहरूलाई हप्‍काउनुहुन्‍छ, तिनीहरू टाढ़ा भागेर जान्‍छन्‌, र बतासले उड़ाएको डाँड़ाको भुस र आँधीबेहरीले उड़ाउने झारझैँ खेदिनेछन्‌।

14  साँझमा, एक्‍कासि त्रास! बिहान हुनुभन्‍दा अघि ती रहँदैनन्‌। हामीहरूलाई लुट्‌नेहरूको भाग यस्‍तै हुनेछ, र हामीलाई लूटपीट गर्नेहरूको गति यही हुनेछ।


Isaiah 16    Choose Book & Chapter    Isaiah 18

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2019. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship