Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Isaiah 47

1   “हे बेबिलोनकी कन्‍ये-छोरी, तल जा, धूलोमा बस्‌। हे बेबिलोनीहरूकी छोरी, सिंहासनविनै भूइँमा बस्‌। अब उप्रान्‍त तँ कोमल र सुकुमारी भनिनेछैनस्‌।

2   जाँतो लिएर पीठो पिँध्‌। घुम्‍टो हटा, फरिया माथि सार्‌, नाङ्गो जाँघ देखाएर नदी तर्‌।

3   तेरो नग्‍नता उघारिनेछ। तेरो शर्म प्रकट हुनेछ। म बदला लिनेछु, म कसैलाई छोड्‌नेछैनँ।”

4   हाम्रा उद्धारक सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो। उहाँ इस्राएलका परमपवित्र हुनुहुन्‍छ।

5   “हे बेबिलोनीहरूकी छोरी, तँ चूप लागेर बस्‌, अँध्‍यारोमा जा, अब उप्रान्‍त तँ राज्‍य-राज्‍यकी रानी भनिनेछैनस्‌।

6   म मेरो प्रजादेखि रिसाएको थिएँ र मैले मेरो निज भागलाई अपवित्र गरें। मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैंले तिनीहरूलाई दया देखाइनस्‌। बुढापाकाहरूलाई पनि तैंले आफ्‍नो साह्रै गह्रौँ जुवा बोकाइस्‌।

7   तैंले भनिस्‌, ‘म सदासर्वदाको निम्‍ति अनन्‍तकी रानी भइरहनेछु!’ तर तैंले यी कुरा विचार गरिनस्‌, अथवा पछि के हुन्‍छ, त्‍यसको आखिरी नतीजा सम्‍झिनस्‌।

8   “यसकारण ‘हे विलासी, आफ्‍नो सुरक्षामा वेपरवाहसित बस्‍ने, हृदयमा ‘म नै हुँ र मबाहेक अरू कोही छैन, म कहिल्‍यै विधवा हुनेछैनँ, अथवा छोराछोरीहरूको वियोग जान्‍नेछैनँ’ भन्‍ने अब यो कुरा ध्‍यानसित सुन्‌।

9   ‘यी दुई कुरा तँमाथि एकै क्षणमा एकै दिनमा आइपर्नेछन्‌: छोराछोरीहरूका वियोग र विधवापना। तेरो ज्‍यादै टुनामुना र तेरो शक्तिशाली तन्‍त्रमन्‍त्र भए तापनि ती पूर्ण रूपमा तँमाथि आउनेछन्‌।

10  तैंले आफ्‍नो खराबीमाथि भरोसा राखेकी छस्‌, र ‘कसैले मलाई देख्‍दैन’ भनेकी छस्‌। तेरो ज्ञान र तेरो बुद्धिले तँलाई भ्रममा पारेको छ, जब तैंले आफ्‍नो मनमा भन्‍छेस्‌, ‘म नै हुँ, मबाहेक अरू कोही छैन’।

11  विपत्ति तँमाथि आइपर्नेछ, त्‍यो तैंले कुन जादूले हटाउने। हानि-नोक्‍सानी तँमाथि आइलाग्‍नेछ, जसलाई तैंले मोल तिरे तापनि टार्न सक्‍दिँनस्‌। तैंले पहिलेबाट थाहा नपाएको सर्वनाश अचानक तँमाथि आइपर्नेछ।

12  “यसर्थ अब तैंले आफ्‍नो बालककालदेखि नै परिश्रमसाथ गरिल्‍याएको तेरो मन्‍त्रतन्‍त्र र थुप्रै टुनामुनामा लागिबस्‌। शायद तँ सफल हुनेछेस्‌, शायद तैंले डर उत्‍पन्‍न गर्नेछस्‌।

13  तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्‌, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।

14  निश्‍चय नै तिनीहरू ठुटाजस्‍तै छन्‌। आगोले तिनीहरूलाई जलाउनेछ। आगोका ज्‍वालाको शक्तिबाट तिनीहरू आफैलाई बचाउन सक्‍दैनन्‌। यहाँ कसैलाई आगो ताप्‍ने भुङ्‌ग्रो हुँदैन, न यहाँ बसेर ताप्‍नलाई आगो हुनेछ।

15  तिनीहरूले तेरो निम्‍ति त्‍यति मात्र गर्न सक्‍नेछन्‌– यी जोसँग तैंले परिश्रम गरेकी थिइस्‌, र बालककालदेखि व्‍यापार गर्दैआएकी थिइस्‌। तिनीहरू हरेक आफ्‍नै भूलतिर लाग्‍छन्‌। तँलाई कसैले बचाउन सक्‍दैन।”


Isaiah 46    Choose Book & Chapter    Isaiah 48

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.