Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Isaiah 55

1   “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।

2   जे रोटी नै होइन, त्‍यसको निम्‍ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्‍तोष नै दिँदैन, त्‍यसको निम्‍ति किन परिश्रम गर्छौ? ध्‍यान देओ, ध्‍यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्‍यही खाओ, र स्‍वादिष्‍ट थोकहरू खाएर तिमीहरूको प्राण सन्‍तुष्‍ट हुनेछ।

3   कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्‌। म तिमीहरूसित अनन्‍त करार बाँध्‍नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासको प्रेम।

4   हेर, मैले त्‍यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्‍याएको छु।

5   परमप्रभु, तिमीहरूका परमेश्‍वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्‍ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्‌। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।”

6   जबसम्‍म परमप्रभुलाई पाउन सक्‍छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।

7   दुष्‍टले आफ्‍नो बाटो र अधर्मीले आफ्‍नो विचार त्‍यागोस्‌, र परमप्रभुतिर फर्कोस्‌, र उहाँले त्‍यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्‍वरतर्फ त्‍यो फर्कोस्‌, र उहाँले त्‍यसलाई सित्तैँमा क्षमा गर्नुहुनेछ।

8   “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्‌, र तिमीहरूका चाल मेरा चाल होइनन्‌,” परमप्रभु भन्‍नुहुन्‍छ।

9   जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌।

10  जसरी वृष्‍टि र हिउँ आकाशबाट झर्छ र त्‍यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्‍छ,

11  त्‍यसरी नै मेरो मुखबाट निस्‍कने मेरो वचन पनि हुनेछ। त्‍यो मकहाँ व्‍यर्थै फर्कनेछैन, तर मैले इच्‍छा गरेको काम त्‍यसले पूरा गर्नेछ, र जुन कामको निम्‍ति म त्‍यसलाई पठाउँछु, त्‍यसमा त्‍यो सफल हुनेछ।

12  तिमीहरू आनन्‍दसाथ जानेछौ, र शान्‍तिमा डोर्‍याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्‍ने गीत गाउनेछन्‌, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्‌।

13  तब काँढ़ाको सट्टा सल्‍लो, सिउँड़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ। त्‍यो परमप्रभुका ख्‍यातिको निम्‍ति हुनेछ। त्‍यो कहिल्‍यै नष्‍ट नहुने सदासर्वदाको चिन्‍हको निम्‍ति हुनेछ।”


Isaiah 54    Choose Book & Chapter    Isaiah 56

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.