Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Zechariah 5

1   मैले फेरि हेरें, र मेरो अगि उड़िरहेको एउटा चर्मपत्रको मुट्ठो थियो।

2   तिनले मलाई सोधे, “तिमी के देख्‍छौ?” मैले जवाफ दिएँ, “नौ मिटर लामो र साढ़े चार मिटर चौड़ा एउटा उड़िरहेको चर्मपत्रको मुट्ठो म देख्‍तछु।”

3   अनि तिनले मलाई भने, “सारा देशमाथि पर्न लागेको यो सराप हो, किनकि यसको एकापट्टि भनेअनुसार हरेक चोर निर्वासित हुनेछ, र अर्कापट्टि भनेअनुसार हरेक झूटो शपथ खाने निर्वासित हुनेछ।

4   सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्‍यो पस्‍नेछ, र त्‍यो घरभित्र रहनेछ र त्‍यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।”

5   तब मसित कुरा गर्ने स्‍वर्गदूतले अगि आएर मलाई भने, “त्‍यो के निस्‍केर आइरहेछ, सो हेर।”

6   तब मैले सोधें, “त्‍यो के हो?” तब तिनले जवाफ दिए, “त्‍यो एउटा नाप्‍ने टोकरी हो।” तिनले भने, “देशभरि भएका मानिसहरूको दुष्‍टता यही हो।”

7   तब सीसाको ढकना मास्‍तिर उठाइयो, र एउटी स्‍त्री त्‍यस टोकरीभित्र बसिरहेकी देखें।

8   अनि तिनले भने, “दुष्‍टता यही हो।”तब तिनले त्‍यस स्‍त्रीलाई टोकरीभित्र धकेलिदिए, र सीसाको ढकनाले त्‍यसको मुख छोपिदिए।

9   तब मैले आफ्‍ना आँखा उचालेर हेरें, र दुई वटा स्‍त्रीहरू आइरहेका देखें, र तिनीहरूका पखेटामा बतास रहेछ। तिनीहरूका पखेटा सारसका पखेटाजस्‍तै रहेछन्‌, र तिनीहरूले त्‍यो टोकरीलाई पृथ्‍वी र आकाशको बीचमा उचालेर लगे।

10  तब मैले मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई सोधें, “यिनीहरू यो टोकरी कहाँ लगिरहेछन्‌?”

11  तिनले मलाई जवाफ दिए, “बेबिलोनिया देशमा त्‍यसको निम्‍ति एउटा घर बनाउनलाई लगिरहेछन्‌। जब त्‍यो तयार हुन्‍छ, तब त्‍यो टोकरी त्‍यहाँ त्‍यसकै स्‍थानमा राखिनेछ।”


Zechariah 4    Choose Book & Chapter    Zechariah 6

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.