Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Ephesians 5

1   यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ।

2   तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो।

3   तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्‌, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन।

4   कुनै अश्‍लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌।

5   किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन।

6   कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्‌, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ।

7   यसकारण तिनीहरूसँग सहभागी नहोओ,

8   किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर,

9   किनकि सबै भलाइ, धार्मिकता र सत्‍यतामा नै ज्‍योतिको फल पाइन्‍छ,

10  र प्रभुलाई मन पर्ने के हो सो सिक्‍ने कोसिस गर।

11  अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।

12  किनकि तिनीहरूले गुप्‍तमा गरेका कामहरूका विषयमा भन्‍नु पनि शर्मको कुरो हो।

13  तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो।

14  यसैले यस्‍तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”

15  यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर– निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो।

16  समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।

17  यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ।

18  दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।

19  एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै

20  सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ।

21  ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।

22  पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।

23  किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ।

24  जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।

25  पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो,

26  यस हेतुले कि उहाँले त्‍यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून्‌,

27  र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्‌, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌।

28  त्‍यसरी नै पतिहरूले पनि आ-आफ्‍ना पत्‍नीलाई आफ्‍नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्‍नी पत्‍नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।

29  किनकि कुनै मानिसले कहिल्‍यै आफ्‍नो शरीरलाई घृणा गर्दैन, तर त्‍यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले पनि आफ्‍नो मण्‍डलीको निम्‍ति गर्नुहुन्‍छ,

30  किनभने हामी उहाँका शरीरको अङ्ग हौं।

31  “यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”

32  यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु।

33  जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।


Ephesians 4    Choose Book & Chapter    Ephesians 6

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.