Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Philippians 1

1   ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा फिलिप्‍पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्‍तहरूलाई:

2   परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।

3   तिमीहरूप्रतिका मेरा सबै सम्‍झनामा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु।

4   तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु,

5   कि प्रथम दिनदेखि अहिलेसम्‍म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्‍ति म धन्‍यवादी छु।

6   मलाई यो दृढ़ विश्‍वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनमा त्‍यो पूरा गर्नुहुनेछ।

7   तिमीहरू सबैका निम्‍ति मैले यसो ठान्‍नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्‍तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ।

8   किनकि परमेश्‍वर मेरा साक्षी हुनुहुन्‍छ, कि कसरी ख्रीष्‍ट येशूको प्रेमले म तिमीहरू सबैका निम्‍ति तृष्‍णा गर्दछु।

9   मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्‍तर्दृष्‍टिमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्‍त हुँदैजाओस्‌,

10  यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्‍टको दिनको निम्‍ति शुद्ध र दोषरहित रहन सक।

11  परमेश्‍वरका महिमा र प्रशंसाको निम्‍ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ।

12  भाइ हो, तिमीहरूलाई यो थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि ममाथि आइलागेका कुराहरूले वास्‍तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ,

13  यहाँसम्‍म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्‍टको निम्‍ति भएको हो भन्‍ने जाहेर भएको छ।

14  धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्‌, र परमेश्‍वरको वचन विनाडर बोल्‍नलाई झन्‌ आँटिला भएका छन्‌।

15  कसै-कसैले साँच्‍चै डाह र शेखीले, तर अरूहरूले सद्‌भावले ख्रीष्‍टलाई प्रचार गर्दछन्‌।

16  सुसमाचारको सुरक्षाको निम्‍ति म यहाँ छु भनी जान्‍नेहरूले यो काम प्रेमले गर्दछन्‌,

17  तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्‍ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्‍वार्थको भावनाले ख्रीष्‍टको प्रचार गर्दछन्‌।

18  जे होस्‌! मूल कुरो यही हो– हरकिसिमले, चाहे बहानामा, चाहे सत्‍यमा ख्रीष्‍टको प्रचार गरिओस्‌, र यसैमा म रमाउँछु।

19  हो, म रमाउनेछु। किनकि म जान्‍दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टका आत्‍माको सहायताले यो मेरो छुटकाराको निम्‍ति हुन आउनेछ।

20  मेरो उत्‍कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित्‌ लज्‍जित हुनेछैनँ, तर ममा प्रशस्‍त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्‍ट सम्‍मानित हुनुहुनेछ, चाहे मृत्‍युद्वारा होस्‌, अथवा जीवनद्वारा।

21  किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो।

22  यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ।

23  म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्‍छा छ, किनभने यो धेरै नै असल छ,

24  तर शरीरमा रहन तिमीहरूका खातिर झन्‌ आवश्‍यक छ।

25  यस कुरामा निश्‍चित भएर म जान्‍दछु कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्‍ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्‍नेछु,

26  यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्‍त कारण होस्‌।

27  केवल तिमीहरूका जीवनको चाल ख्रीष्‍टका सुसमाचारको योग्‍य होस्‌। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्‍थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्‍न चाहन्‍छु, कि तिमीहरू एउटै आत्‍मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्‍वासको निम्‍ति मिलेर परिश्रम गर्दछौ,

28  र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो।

29  किनभने ख्रीष्‍टको निम्‍ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्‍वास गर्नु मात्र होइन, तर उहाँको खातिर दु:ख पनि भोग्‍नुपर्छ,

30  र त्‍यही सङ्घर्ष जो तिमीहरूले ममा देख्‍यौ र मसँग छ भनी अहिले सुन्‍दछौ, त्‍यसैमा तिमीहरू लागेका छौ।


Ephesians 6    Choose Book & Chapter    Philippians 2

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.