Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, 1 Timothy 5

1   वृद्ध मानिसलाई नहप्‍काऊ, तर तिनलाई बाबुलाई जस्‍तै गरी सम्‍झाऊ। आफूभन्‍दा सानाहरूसँग भाइसमान व्‍यवहार गर।

2   वृद्ध स्‍त्रीहरूसँग आमाझैँ, र युवतीहरूसँग चाहिँ सम्‍पूर्ण पवित्रतासाथ बहिनीसमान व्‍यवहार गर।

3   जो साँच्‍चै नै विधवा हुन्‌, तिनलाई आदर गर।

4   कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन्‌ भने, तिनीहरूले सर्वप्रथम आफ्‍नै परिवारप्रति आफ्‍नो धार्मिक कर्तव्‍य पालन गर्न सिकून्‌, र आफ्‍ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्‌, किनकि यो परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य हुन्‍छ।

5   तर जो साँच्‍चै नै विधवा हुन्‌, र तिनको कोही छैन भने, तिनले परमेश्‍वरको आशा राख्‍तछिन्‌, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्‍छिन्‌।

6   तर यदि तिनी सुख-विलासमा मस्‍त रहन्‍छिन्‌ भनेता तिनी जिउँदै मरेकी तुल्‍य हुन्‌।

7   तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्‌।

8   यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

9   साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।

10  साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्‍कार गरेकी, सन्‍तहरूका खुट्टा धोएकी, दु:खीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्‍यान दिएकी साबित हुनुपर्छ।

11  तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्‍टबाट टाढ़ा लान्‍छ, तब तिनीहरूले विवाह गर्ने इच्‍छा गर्छन्‌।

12  यसरी आफ्‍नो पहिलो करार भङ्ग गरेको कारण तिनीहरू दण्‍डमा पर्छन्‌।

13  त्‍यसबाहेक तिनीहरू घर-घर डुल्‍ने भई अल्‍छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्‍ने, बोल्‍नु नहुने कुराहरू बोल्‍ने हुन्‍छन्‌।

14  यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्‌, छोरा-छोरीहरू पाऊन्‌, घरबार सँभालून्‌, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन्‌ भन्‍ने म चाहन्‍छु,

15  किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्‌।

16  यदि विश्‍वासी स्‍त्रीका कोही आफन्‍तहरू विधवा छन्‌ भने तिनले उनीहरूलाई सघाऊन्‌, र मण्‍डलीमाथि कुनै बोझ नपरोस्‌, र मण्‍डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्‌।

17  मण्‍डलीको असल देखरेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्‌, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌।

18  किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।”

19  दुई वा तीन साक्षीको गवाहीबाहेक एल्‍डरको विरुद्धमा लाएको आरोप कहिल्‍यै स्‍वीकार नगर।

20  पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि डराउनेछन्‌।

21  परमेश्‍वर र ख्रीष्‍ट येशूको सामु र चुनिएका स्‍वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्‍छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।

22  कसैमाथि हात राख्‍ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।

23  अघिजस्‍तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।

24  कुनै-कुनै मानिसका पापहरू त सोझै इन्‍साफमा पुग्‍ने गरी प्रत्‍यक्ष हुन्‍छन्‌, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्‌।

25  त्‍यसै गरी असल कामहरू त प्रत्‍यक्ष हुन्‍छन्‌, र जो प्रत्‍यक्ष छैनन्‌, ती पनि गुप्‍तमा रहन सक्‍दैनन्‌।


1 Timothy 4    Choose Book & Chapter    1 Timothy 6

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.