Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Joshua 5

1   यर्दन वारि पश्‍चिम तीरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले, इस्राएलीहरूका निम्‍ति तिनीहरू पार नतरुञ्‍जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनुभयो भन्‍ने कुरा जब सुने, तब इस्राएलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्‍न लाग्‍यो र उनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस रहेन।

2   त्‍यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “पत्‍थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्‍ट इस्राएलीहरूलाई खतना गर्‌।”

3   तब यहोशूले पत्‍थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे।

4   यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात्‌ योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा मरिसकेका थिए।

5   मिश्रदेशबाट जति निस्‍केर आएका थिए, ती सबैको खतना भएकै थियो। तर मिश्रदेशबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा जन्‍मेका जति कसैको पनि खतना भएको थिएन।

6   इस्राएलीहरूले परमप्रभुका आज्ञा नमानेका हुनाले मिश्रदेशबाट निस्‍केर आएका सारा मानिसहरू, अर्थात्‌ योद्धाहरू नष्‍ट नभएसम्‍म तिनीहरू उजाड़-स्‍थानमा चालीस वर्ष हिँड्‌दैरहेथे। किनभने तिनीहरूका पिता-पुर्खाहरूलाई दूध र मह बहने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्‍न दिन्‍नँ भनेर परमप्रभुले प्रण गर्नुभएको थियो।

7   यसकारण तिनीहरूको स्‍थानमा उहाँले फेरि उत्‍पन्‍न गराउनुभएको सन्‍तान यहोशूले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएका हुनाले बेखतनाका थिए।

8   अनि सबै मानिसहरूको खतना भइसकेपछि तिनीहरू निको नहोउञ्‍जेल छाउनीमा आफ्‍ना-आफ्‍ना ठाउँमा बसे।

9   अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मिश्रको निन्‍दा तिमीहरूबाट मैले गुड़ाइदिएको छु।” यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म गिलगाल भनिन्‍छ।

10  जब इस्राएलीहरू गिलगालमा छाउनी खड़ा गरी बसे, तब तिनीहरूले चौधौँ दिनको साँझमा यरीहोको मैदानमा नै निस्‍तार-चाड़ मनाए।

11  निस्‍तार-चाड़को भोलिपल्‍ट, त्‍यही दिन तिनीहरूले त्‍यस देशको उब्‍जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए।

12  तिनीहरूले त्‍यस देशको उब्‍जनीको अन्‍न खाएको भोलिपल्‍टदेखि नै मन्‍न थामियो, र त्‍यसपछि इस्राएलीहरूलाई मन्‍न कहिल्‍यै पनि मिलेन। तर त्‍यस साल तिनीहरूले कनान देशको अन्‍न खाए।

13  यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामुन्‍ने हातमा नाङ्गो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन्‌। यहोशू उनीकहाँ गएर, “तपाईं हामीपट्टि हुनुहुन्‍छ कि हाम्रा शत्रु हुनुहुन्‍छ?” भनेर सोधे।

14  अनि उनले भने, “होइन, तर परमप्रभुको फौजको कप्‍तान भएर म यहाँ आएको हुँ।” तब यहोशूले जमिनमा घोप्‍टो परेर दण्‍डवत्‌ गरे, र उनलाई भने, “मेरा प्रभु, आफ्‍नो दासलाई के भन्‍नुहुन्‍छ?”

15  अनि परमप्रभुका फौजका कप्‍तानले यहोशूलाई भने, “तेरा खुट्टाबाट जुत्ता फुकाल्‌, किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्‍यसै गरे।


Joshua 4    Choose Book & Chapter    Joshua 6

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.