Free Christian classic ebooks for you to download from the Jesus Fellowship:
Browse books now

Jesus Fellowship Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, 2 John 1

1   एल्‍डरबाट, चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म साँचो प्रेम गर्दछु, र मैले मात्र होइन, तर सत्‍यलाई चिन्‍ने सबैले पनि प्रेम गर्छन्‌।

2   जुन सत्‍य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्‍यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं।

3   परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति हामीसँग सत्‍यता र प्रेममा रहनेछ।

4   तिम्रा छोराछोरीहरूमध्‍ये कुनैकुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्‍यमा चलेका भेट्टाएर म ज्‍यादै आनन्‍दित छु।

5   अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइनँ, तर त्‍यही लेखिरहेछु, जो सुरुदेखि नै हामीसँग छ– हामीले एक-अर्कासँग प्रेम गरौं भनी म तिमीलाई बिन्‍ती गर्दछु।

6   उहाँका आज्ञाबमोजिम चल्‍नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।

7   किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्‌, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्दैनन्‌। यस्‍तो व्‍यक्ति नै छली र ख्रीष्‍ट विरोधी हो।

8   होशियार रहो, जुन कुराको निम्‍ति तिमीहरू काम गरिरहेका छौ, त्‍यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ।

9   ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।

10  यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू।

11  किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।

12  मैले तिमीहरूलाई कुरा लेख्‍नु त धेरै छ, तर कागत र मसीले ती म लेख्‍न चाहन्‍नँ। तर हामीहरूको आनन्‍द पूर्ण होस्‌ भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु।

13  चुनिएकी तिम्री बहिनीका छोरा-छोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्‌।


1 John 5    Choose Book & Chapter    3 John 1

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2019. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship