Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali New Revised Version
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali New Revised Version, Revelation 4

1   यसपछि मैले हेरें, र स्‍वर्गमा एउटा ढोका देखें, जो खुला थियो। मैले पहिले सुनेको सोर तुरहीको जस्‍तो आवाजमा मसँग यसरी बोलिरहेको थियो– “यतामाथि आऊ, र अब यसपछि जुन कुराहरू हुनुपर्छ सो म तिमीलाई देखाउनेछु।”

2   म तुरुन्‍तै आत्‍मामा भएँ। हेर, स्‍वर्गमा एउटा सिंहासन थियो, र एक जना त्‍यस सिंहासनमा विराजमान हुनुहुन्‍थ्‍यो।

3   त्‍यहाँ विराजमान हुनुहुनेको मुहार बिल्‍लौर र लालमणिजस्‍तै देखिन्‍थ्‍यो, र सिंहासनको वरिपरि पन्‍नाजस्‍तो इन्‍द्रेनी थियो।

4   त्‍यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें।

5   त्‍यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्‍केर आउँथे, र त्‍यस सिंहासनको सामुन्‍ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्‍वरका सात आत्‍माहरू हुन्‌।

6   सिंहासनको अगि स्‍फटिकतुल्‍य काँचको समुद्रजस्‍तो थियो। अगाडि र पछाडि जम्‍मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए।

7   पहिलो प्राणी सिंहजस्‍तै थियो, दोस्रो प्राणी बहरजस्‍तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्‍तै र चौथो प्राणी उड़िरहेको गरुडजस्‍तै थियो।

8   ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्‍दै गाइरहन्‍छन्‌, “पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, जो हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ र जो आउनुहुनेछ।”

9   जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्‍छ, उहाँलाई महिमा, आदर, धन्‍यवाद चढ़ाउँछन्‌,

10  तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्‍ने घोप्‍टो पर्दछन्‌, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्‍डवत्‌ गर्दछन्‌, र तिनीहरूका आफ्‍ना-आफ्‍ना मुकुट सिंहासनको सामुन्‍ने राखेर यसरी गाउँछन्‌:

11  “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।”


Revelation 3    Choose Book & Chapter    Revelation 5

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Nepali New Revised Version of the Bible. You can also read the same passage in the Simple Nepali Holy Bible

Nepali New Revised Version: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.